Uncategorized

उदयपुरमा जिप दुर्घटना :३ जनाको मृत्यु

Banner

उदयपुर पुस ३-

उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष मनोज कार्कीले बताए। दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था जटिल रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको वडाध्यक्ष कार्कीले बताए।

जिपमा सवार भारतको सिक्किममा बसोबास गर्ने र उनीहरु आफन्त भेटघाट गरी फर्कने क्रममा दुर्घटनामा परेको वडा नम्बर २ का अध्यक्ष इन्द्र राउतले जानकारी दिए।
मृतक तीनै जना पोखरातिर मजदुरी गर्न जानका लागि जिपमा सहयोग मागेर कटारीसम्म जाँदै थिए। कटारी हुँदै उनीहरु पोखरा जाने तयारीमा थिए।

३ जना घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको स्थानीय देव गिरीले बताए।

नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको स्थानीयले अनुमान गरेका छन्। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>