प्रवास

‘साताको साहित्य पुरस्कार’ सीता तुम्खेवालाई

Banner

अष्ट्रेलिया, पुस ३–

यस वर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई प्रदान गरिने भएको छ । तुम्खेवालाई ‘वीर्यको बतास’ शीर्षकको कविताका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो । साताको साहित्य डट कमले एक विज्ञप्ति प्रकाशित गरी उक्त पुरस्कारको घोषणा गरेको हो ।

विज्ञप्तिमा गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म ‘साताको साहित्य डट कम’ मा प्रकाशित भएका रचनाहरू मध्येबाट उत्कृष्ट तीन रचनाहरू एक साताअघि सार्वजनिक गरिएकोमा सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई पुरस्कृत गरिने निर्णय गरेको जनाइएको छ ।

अन्य दुई उत्कृष्ट रचनाहरूमा गीता पुडासैनीको कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए । नगद रु. २० हजार र ताम्रपत्र रहेको उक्त पुरस्कार आगामी जनवरी महिनाको पहिलो साता काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीले जानकारी दिए । सुरुवात देखि नै पुरस्कार राशी इनोभेटिभ एसोसिएट्सले प्रयोजन गर्दै आइ रहेको छ । व्यवसायको कर्पोरेट सोसल रेस्पोन्सिविलिटि नै मानेर साहित्यका अनुरागीहरुलार्इ साहित्य सिर्जनामा सहयोग पुगोस भनेर गरिएको सहयोग गरिएको संस्थाका निर्देश डीला खरेलले बताए ।

आठ वर्ष अघिदेखि अस्ट्रेलियाको सिड्नीबाट प्रदान गरिंदै आएको साताको साहित्य पुरस्कार यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरूले प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>