प्रवास

अष्ट्रेलियामा अहिलेसम्मकै धेरै गर्मी,४०.९ डिग्री पुग्यो

Banner

सिड्नी, पुस २-

अष्ट्रेलियामा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड भएको छ। सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार ४०.९ डिग्रीको तापक्रम पुगेको हो। गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अष्ट्रेलियन मौसम विभागले जनाएको छ।

मौसमविद्हरुले यो तापक्रमको रेकर्ड यही हप्ता तोडिन सक्ने अनुमान समेत गरेका छन्। यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिनसम्म ४० डिग्री तापक्रम मापन गरिएको थियो।

औसत भन्दा माथिको तापक्रम, उच्च बतास, खडेरी र सुख्खा मौसमले अष्ट्रेलियाका धेरै स्थान जोखिममा रहेको बताइएको छ। अष्ट्रेलियामा तापक्रम बढ्नुको कारण जंगलमा लागेको डढेलो पनि रहेको विभागले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>