अटो

चितवनमा भित्रियो विद्युतबाट चल्ने कार

Banner

चितवन, मंसिर ३०–

अटो क्षेत्रका लागि अग्रणी जिल्लाको रुपमा चिनिएको चितवनमा पनि विद्युत्बाट चल्ने कार भित्रिएको छ ।

एमजी गाडीको चितवनका लागि आधिकारिक विक्रेता अर्क मोटर्स प्रा.लि.ले चितवनको बजारमा विद्युत्बाट चल्ने कार भित्र्याएको हो । नारायणगढस्थित लायन्सचोकमा रहेको शोरुममा आज (सोमबार) एक कार्यक्रमकाबीच नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले विद्युत्बाट चल्ने कार ‘एमजी जेडएस इभी’ सार्वजनिक गरे ।

सो क्रममा बोल्दै अध्यक्ष पाठकले नेपालका लागि विद्युत्बाट चल्ने कार सुहाउँदो रहेको बताए । अर्क मोटर्स प्रा.लि.का अध्यक्ष खिमनारायण पराजुलीले अटोको क्षेत्रमा चितवन परिचित नाम भएकाले चितवनवासीका लागि विद्युतीय कार ल्याइएको बताए । उनले यस कारले नेपालको व्यापार घाटालाई केही हदसम्म भए पनि कम गर्नेमा विश्वास व्यक्त गरे ।

यस कारको मुल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस कारको व्याट्री ८ वर्ष वारेन्टी रहेको छ । यस्तै ६ वटा एयर व्यागले कारमा सवार सबैलाई सुरक्षित बनाइने छ ।

यसैबीच नयाँ शोरुमको पनि आजै नै समुद्घाटन गरिएको छ । नेपाल राष्ट्रिय उद्योग एवंम व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले नै शोरुमको समुद्घाटन गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ५ का अध्यक्ष मनिश कुमार जोशी, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चितवन अटोमोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>