चितवन विशेष

सिनर्जीले पब्लिक स्पिकिङ च्याम्पियन गर्ने

Banner

चितवन, मंसिर २९–

चितवनको पहिलो रेडियो सिनर्जी एफएमले बोल्ने कलासम्बन्धि ‘प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ गर्ने भएको छ । दोस्रो संस्करणको यस प्रतियोगिताको अडिसन आउँदो पुस पहिलो साताबाट सुरु हुँदैछ ।

एफएमले आज (आइतबार) पत्रकार सम्मेलन गरी यसपटकको संस्करण बृहत रुपमा गर्न लागिएको जानकारी दिए । एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले प्रतियोगितालाई बृहत बनाउन यसपटक मकवानपुरका विद्यार्थीहरुलाई समेत समेटिन लागिएको बताए । उनले चितवनसंगै नवलपुर र मकवानपुरका गरी १०० भन्दा बढी कलेज÷स्कुलका विद्यार्थीहरुलाई सहभागि गराइने बताए । पहिलो संस्करणमा चितवन र नवलपुरका ९० स्कुल तथा कलेजबाट ५१० जना विद्यार्थीहरु सहभागि भएका थिए ।

विभिन्न चरणमा गरिने अडिसनबाट प्रतियोगिताको फाइनल हुँदै उपाधि जित्नेले एक लाख एक हजार, द्धितीय हुनेले ५० हजार पाँच सय र तृतीय हुनेले २५ हजार पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका प्रायोजक संस्थाहरुले प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति समेत दिने घोषणा गरेका छन् ।

प्रतियोगिताको गत संस्करणको विजेता बालकुमारी कलेजकी प्रकृति न्यौपाने भएकी थिइन् भने एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकी अनुज्ञा भट्टराई तृतीय भएकी थिइन् ।

पत्रकार सम्मेलनमा प्रोफेसनल एजुकेशन कन्सलटेन्सीका प्रवन्ध निर्देशक सन्तोष खनाल, पेन्गुइन एजुकेशन कन्सलटेन्सीका प्रवन्ध निर्देशक सुदिप भट्टराई, नेपाल लोकसेवा तयारी केन्द्रका अध्यक्ष इश्वरचन्द्र पौडेल, सिनजी एफएमका कार्यक्रम संयोजक मनोज घिमिरे, पहिलो संस्करणकी विजेता प्रकृति न्यौपाने र तृतीय भएकी अनुज्ञा भट्टराइले प्रतियोगिता बारे आफ्नो भनाइ राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>