चितवन विशेष

चितवनको मौसममा सुधार, घाम लागेसँगै जाडो घट्यो

Banner

चितवन, मंसिर २८-

चितवनको मौसममा आज दिउँसोबाट सुधार भएको छ ।

शुक्रबार बिहानदेखि सुरु भएको वर्षा रोकिएर आज घाम लागेको छ । चितवनमा वर्षासँगै चिसो बढेकोमा आज भने तापक्रममा वृद्धि भएको छ । भरतपुर विमानस्थलका अनुसार आजको न्यूनतम तापक्रम १८ डिग्री सेन्टिग्रेड र अधिकतम तापक्रम २१ डिग्री सेन्टिग्रेड रहेको छ । बिहीबार बिहान भरतपुरको न्यूनतम तापक्रम ९ डिग्री सेन्टिग्रेड पुगेको थियो ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले चितवनमा वर्षा भएको मौसमविद्हरुले बताएका छन् । बर्षासँगै भरतपुर, रत्ननगर, नारायणगढ, भण्डारा, टाँडी र शारदानगरको बजारी क्षेत्रमा मानिसहरुको चहलपहल घटेको  थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>