नवलपरासी

जनप्रतिनिधिलाई मन्त्री त्रिपाठीको सुझावः शाशक बने कसैले बचाउन सक्दैन

Banner

बिकास अधिकारी

परासी, मंसिर २०–

गृह जिल्लाको दौडाहामा रहेका नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेस त्रिपाठीले स्थानीय तहका जनप्रतिनिधिलाई शाशक नबन्न सुझाव दिएका छन् । जनप्रतिनिधिमा शासकिय मनोविज्ञान हाबी हुँदै गएको बताउँदै उनले त्यसको प्रवृतिले पतनको सुरुवात भएको दाबी गरे । पश्चिम नवलपरासीको परासीस्थित जिल्ला समन्वय समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । मन्त्री त्रिपाठीले भने–‘म मेयर भए, मन्त्री भए भनेर शासन गर्न खोजे त्यस्तालाई ब्रह्मा विष्णु आएपनि बचाउन सक्दैन, त्यस्ता व्यक्तिको पतन छिट्टै हुन्छ ।’

मन्त्री त्रिपाठीले स्थानीय तहमा आर्थिक पारदर्शीता नदेखिएको बताउँदै यसतर्फ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सजग गराए । प्रायः सबै कार्यक्रममा स्थानीय तहमा व्यापक भ्रष्ट्रचार बढीरहेको चर्चा गर्दै आएका मन्त्री त्रिपाठीले आज पनि सोही कुरालाई दोहार्‍याए । मन्त्री त्रिपाठीले भने–‘महालेखापरीक्षकको प्रतिवेदन मैले पनि अध्ययन गरे, नवलपरासीका स्थानीय तहको अवस्था डरलाग्दो छ ।’ संघीयता कार्यान्वयनको चरणमा रहेकाले यो व्यवस्था र संविधानकै सफलता स्थानीय तहको सफलतासंग प्रत्यक्ष जोडिएको उनको भनाई छ ।
स्वागत कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर रायले नवलपरासी जिल्लालाई टुक्राउने क्रममा पश्चिम नवलपरासीको नाकनै काट्ने काम भएको बताउदै यसतर्फ ध्यान दिन उनले आग्रह गरे । जिल्लाको त्रिवेणी दाउन्नेदेवि मदारबाबा लगाएतका क्षेत्र पश्चिम नवलपरासीमै गाभिनुपर्नेमा मन्त्री त्रिपाठीको ध्यानाकर्षण गराए । साथै उनले जिल्लाको नाम बर्दघाट सुस्ता पश्चिम भन्नुपर्ने बाध्यतालाई चाडो अन्त्य गरि नवलपरासी मात्र कायम गर्न पनि आग्रह गरे । कार्यक्रममा बोल्दै रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जिल्लाकै प्रतिनिधि मन्त्री हुँदा यस जिल्लामा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिससका उपप्रमुख अब्दुर रहमान चुरियार, सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>