खेलकुद

नेपाली धावक पार्कीलाई स्वर्णपदक

Banner

काठमाडौँ,  मङ्सिर २० –

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएको थियो ।

सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरे । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पारे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>