चितवन विशेष
भरतपुरमा ‘अर्किड स्पार्क’ हुँदै
०

चितवन मंसिर १९-
भरतपुर महानगरस्थित अर्किड कलेजमा ‘अर्किड स्पार्क’ प्रतियोगिता हुने भएको छ ।अर्किड कलेज भरतपुरका व्यवस्थापन संकायका विधार्थीहरुको आयोजनामा यहि मंसिर २८ गते स्पार्क हुन लागेको हो ।
स्पार्कमा चित्रकला ,वादविवाद ,पिज्जेन्टेसन ,एड स्पुफ (समुहगतरुपम) लगाएत विषयमा प्रतियोगिता राखिएको मुख्य आयोजक सौगात देवकोटाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा चितवन र नवलपुरका झन्डै २५ विधालयको सहभागीता रहनेछ ।
यस्तै ९/१० कक्षा विधार्थिहरुले स्पार्कमा भाग लिन पाउने उनले बताए ।
विधार्थीहरुलाइ किताबि ज्ञान मात्र नभएर बाहिरी ज्ञानमा अभ्यस्त बनाउन सो प्रतियोगिता राखिएको देवकोटाले जानकारी दिए ।यससंगै चित्रकलाबाट पर्यटन वर्ष २०२० को प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























