खेलकुद
साइक्लिङको क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
०

काठमाडौँ, मङ्सिर १९-
नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाँैँको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेकी हुन। मगरले निर्धारित दूरी १ मिनेट २०।२० सेकेण्ड समय लगाउँदै पूरा गरिन ।
साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन । उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गरिन । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारिन। उनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























