चितवन विशेष

रत्ननगर महोत्सव पुस २५ गतेदेखि

Banner

चितवन, मंसिर १९–

रत्ननगर महोत्सव–२०७६ आउँदो पुस २५ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक रत्ननगर उद्योग वाणिज्य संघले आज (बिहीबार) पत्रकार सम्मेलन गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो । दशौं पटकको यस महोत्सव यसपटक पनि टिकौली चौरमा आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवंम उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवंम सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने छ । यसपटक महोत्सवमा पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

यस पटक महोत्सवमा अन्तर्राष्ट्रिय प्रदर्शक समेत सहभागि हुने संयोजक रेग्मीले जानकारी दिए । उनका अनुसार भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले अन्तर्राष्ट्रिय बजारमा रहेका प्रविधिहरु प्रदर्शन गर्नेछन् ।

यस्तै चितवनको पर्यटन प्रवद्र्धनका लागि हेलिकप्टर मार्फत स्थानीय पर्यटकीय स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाईको छ । हेलिकप्टर मार्फत जिल्लाको अग्लो स्थान सिराइचुली, उपरदङगढी, परेवाकोट, मौलाकालिका मन्दिरलगायत स्थानको अवलोकन गराइने संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।

यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धन अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, चेपाङ पहाडी पदमार्ग, सिराइचुली, उपरदङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसार गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखिएको छ । यसपटक पनि राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका सदस्य सचिव राजन खनालले जानकारी दिए ।

महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीलगायतले महोत्सवलाई भव्य र सफल बनाउन आग्रह गरेका थिए ।

चिकेन एण्ड एग फेस्टिबल

रत्ननगर महोत्वसमा पछिल्लो वर्षहरुमा नियमित जसो फेस्टिबल समेत आयोजना गर्ने गरिएको छ । जसअन्तरगत यसवर्ष पनि चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ । यस फेस्टिबल पुस २९ गतेदेखि माघ ४ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोगक रेग्मीले जानकारी दिए ।

यो फेस्टिबल तेस्रो संस्करण हो । यसले मासु र अण्डाको खपत बढाउन सहयोग मिलेको पोल्ट्री व्यवसायी समेत रहेका संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>