Uncategorized

उसुमा नीमाले जितिन् स्वर्ण

Banner

काठमाडौं  मंसिर १९-

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् ।

उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ ।

नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् ।

सागमा नीमाले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन्।

विश्वबुद्ध मगर र मीनाले घलानले जिते रजत

सागअन्तर्गत बिहीबार बिहान उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन् ।

यसैगरी उसुको ताइती छ्वाङमा नेपालकी मीनाले घलानले रजत पदक जितेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>