कृषि

केराबाट मःमः देखि समोसासम्म

Banner

टीका खतिवडा

मङ्गलबारे, मङ्सिर १७-

सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहेका छन। गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थालेका छन।
हाल बजारमा केराको परिकार ग्राहकले कत्तिको मन पराउँछन् भनेर विभिन्न मेला र महोत्सवसमेत आयोजना गरिसकेका राईले अब केराको मात्र परिकार बनाउने गरी रु पाँच लाखको लगानीमा गाउँमै रेष्टुरेन्ट सञ्चालनको तयारी गरेका छन। “एकपटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरु आएको हुनुपर्छ ।”, उउनले भने । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।

अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ । यही मङ्सिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोशेलीको रुपमा लैजानेसमेत गर्नुभएको छ । महोत्सवमा घुम्न आएका झापाका दिपीन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताए ।

केरा मानिसको शरीरलाई आवश्यक र पौष्टिक आहारको रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकको रूपमा लिइन्छ । यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पु¥याउने विज्ञहरुको भनाइ छ । आवश्यकभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउन सक्ने भन्दै बढी तौल भएकाले धेरै केरा खान हुँदैन ।

चिप्स बनाउने तरिका

केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स अङ्ग्रेजी नाम मात्र हो । यसलाई बनाउन काँचो केरालाई ताछेर काट्नुपर्छ । काटिएको केरालाई तेलमा फ्राइ गरेर मसलासहितको नुन राखेर चिप्स निर्माण गर्न सकिन्छ, धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक–पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>