पत्रपत्रीका बिशेष

सागमा नेपालको दमदार सुरुवात

Banner

काठमाडौं,मंसिर १७-

सागमा नेपालले दमदार प्रदर्शन गरेको भन्दै महत्वकासाथ खबर छापिएको छ । सन् १९९० मा नेपालमा सम्पन्न आठौं साग अझै अविस्मरणीय बन्नु स्वाभाविक छ । त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत, र २४ काँस्य जितेको थियो जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो । त्यसै संस्करणदेखि सागमा डेब्यू गरेका मार्सल आट्र्सका दुई बिधा तेक्वान्दो र करातेले सनसनीपूर्ण नतिजा दिएका थिए ।

अहिले १३ औं संस्करणमा फेरि नेपालका सफल दुई खेल तेक्वान्दो र करातेले आसलाग्दो सुरुआत गरेका छन् । यसपटक तेक्वान्दोका २९ स्वर्ण र करातेका २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । सोमबारसम्ममात्रै नेपालले कूल १५ स्वर्णसहित २४ पटक हासिल गरिसकेको छ ।

यता नयाँ पत्रिका दैनिकले दुई बच्चाकी आमा आयशा शाक्यले एकै दिन दुई स्वर्ण पदक पाएको खबर छापेको छ। १२ औं सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए । उनी आफैलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>