चितवन विशेष
चितवनका तीन वटा वडामा मतदान सुरु
०

चितवन, मंसिर १४–
उपनिर्वाचन अन्तरगत चितवनका तीन वटा वडामा मतदान सुरु भएको छ ।
भरतपुर महानगरपालिका वडा नंं.१६, पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं.४ र ५ मा मतदान सुरु भएको हो । विहान ७ बजेबाट सुरु भएको मतदाता अपरान्ह ५ बजेसम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी तीनवटै वडामा सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेका छन् भने खैरहनी ४ मा दुई हजार ६९२ र खैरहनी ५ मा दुई हजार १११ जना मतदाता रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























