Uncategorized

सरकार र निजी मेडिकल कलेजबीच सहमति,आजबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ता

Banner

काठमाडौं,मंसिर ११-

सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले आज बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।

त्यस्तै दुई पक्षीय सहमतिमा ०७/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो । गृहमन्त्रालयको सो निर्णयपछि निजी मेडिकल सञ्चालकहरु चर्को दबाबमा परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>