नवलपरासी

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने: नेकपा अध्यक्ष प्रचण्ड

Banner

नवलपरासी, मंसिर ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन्, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व छ भने ।

अध्यक्ष दाहालले पार्टीले अव प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>