कर्पोरेट

जनता बैंकको साधारण सभामा मर्जरसम्बन्धी एजेण्डा पारित

Banner

चितवन, मंसिर ३

जनता विकास बैँकको सोमबार १० औं वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

बैँकले जारी गरेको विज्ञप्तिअनुसार सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७५\७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३१० रुपैयाँ बाराबरको लाभांश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश हुनेछ ।

सभाले जनता बैँक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमई बँैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमई बँैक लिमिटेडसँगको मर्ज सम्बन्धी सम्पूर्ण एजेण्डाहरुको साथै सभा समक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैँक समक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको सात वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भइरहेको छ । करिब ३०० बढी शाखा सञ्जाल, तीन हजार २०० कर्मचारी, २० लाखग्राहक संख्यासहितको बैँक बन्नेछ ।

मर्जर पश्चात चुक्ता पूँजि करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा एक खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बँैक बन्ने विश्वास बैँकले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>