चितवन विशेष

नारायणी नदी किनारमा ‘मिनी पानीजहाज’ बनाउने काम अन्तिम चरणमा

Banner

चितवन,मंसिर २-

चितवनको नारायणी नदी किनारमा ‘मिनी पानीजहाज’ बनाउने काम अन्तिम चरणमा पुगेको छ । आगामी डिसेम्बरभित्र सबै काम सकेर व्यवसायिक यात्रा गराउने गरी काम भइरहेको सम्वद्ध कम्पनीले जनाएको छ ।

दशैं अगाडि नै सञ्चालनमा ल्याउने लक्ष्य लिए पनि डिजाइनमा केही परिवर्तन गर्नुपरेकोले दुई महिना ढिला भएको पानीजहाज बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्टले जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । डिजाइन परिवर्तन गर्दा १ करोड रुपैयाँ लागत र १० टन वजन थप भएको उनले बताए ।

भरतपुर महानगरपालिका– १६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा निर्माण भइरहेको १०० फिट लम्बाइ र २५ फिट चौडाइको पानीजहाजमा दुईवटा इञ्जिन जडान भइसकेको छ । जहाजको दुई तलामा सीसा राख्न बाँकी छ । प्रवन्ध निर्देशक कँडेलले जहाजभित्र चेन्जिङ रुम, पानी ट्ंयाकीलगायत राख्ने काम भइरहेको बताए । उनका अनुसार, जहाजको पहिलो तलामा ९० र दोस्रो तलामा सयजना यात्रु अटाउने छन् ।

गत चैतबाट बनाउन थालिएको जहाजको कुल लागत १५ करोड रुपैयाँ पुग्ने प्रबन्ध निर्देशक कँडेलले बताए । उनका अनुसार, जहाजको प्राविधिक पक्ष भारतको ग्राउण्डी मल मरिन इन्टरनेसल कम्पनीले हेरिरहेको छ भने बनाउने काममा केरलाका प्राविधिकहरु खटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>