कर्पोरेट

काठमाडौंमा शिवम् कृति समारोह, चितवनको उत्सवसहित ३७ डिलर सम्मानित

Banner

चितवन, मंसिर २-

शिवम् सिमेन्टस्ले यही कात्तिक २९ र ३० गते काठमाडौंमा शिवम् कृति समारोह गरेको छ ।

दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट चितवनको उत्सव हार्डवेयरसहित ३७ जना डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको छ ।

कम्पनीले जनाएको प्रेस विज्ञप्तिमा  पहिलो दिन कोर इष्ट जोनका डिलरलाई त्रिनेत्र, प्रगति, परमवीर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोस्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमवीर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरेको थियो । उक्त समारोहमा नेपालको चर्चित कलाकारको साथसाथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा शिवम् सिमेन्ट्सका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी, सद्भाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्टले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिएका थिए । साथै आगामी दिनमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिबद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले गरेको यस्तो कार्यक्रमबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्योगी, व्यापारीलाई थप हौसला प्रदान गर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>