चितवन विशेष
त्रिरत्न सहकारीको वार्षिक साधारणसभा

चितवन, मंसिर २-
त्रि–रत्न उपभोक्ता सहकारी संस्था महाबौद्ध गुम्बा भरतपुर–२, तीनखोलेको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सचिवको प्रतिवेदन सचिव गजबहादुर गुरुङले, कोषाध्यक्ष रत्नबहादुर गुरुङले कोषाध्यक्षको प्रतिवेदन, शिक्षा उपसमिति संयोजक नारायणसिंह गुरुङले शिक्षा प्रतिवेदन, लेखा समिति संयोजक क्याप्टेन इमानबहादुर गुरुङले लेखा प्रतिवेदन र उपभोक्ता समिति संयोजक गोविन्दबहादुर गुरुङले उपभोक्ता प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष रामकृष्ण गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा भरतपुर तमू नगर गुठीका अध्यक्ष पूर्णबहादुर गुरुङ र बौद्ध धर्म सेवा समितिका अध्यक्ष बिमला गुरुङले स्वागत मन्तव्य व्यक्त गरे । शेयर सदस्यमध्ये असल ऋणीमा कृष्णमाया गुरुङ र असल बचतकर्तामा दीपमाया गुरुङलाई प्रोत्साहन पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । सो समारोहबीच संस्थाका उपाध्यक्ष रामकृष्ण गुरुङले सौजन्य गरी तयार पारिएको ‘ढुकुटी स्मारिका’ प्रमुख अतिथिबाट विमोचन गरे ।
























