क्रिकेट
एसीसी इमर्जिङ टिम्स कपः बंगलादेशविरुद्ध नेपाल व्याटिङमा
०

काठमाडौं, मंसिर २–
एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल व्याटिङमा उत्रिएको छ ।
आजको खेलमा नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । अघिल्लो खेल विश्राम लिएका सोमपाल कामी टोलीमा फर्केका छन् भने अभिनाष बोहोरा बेन्चमा फर्किएका छन् । बोहोराले हङकङविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै हङकङसँग विकेट विहीन बनेका स्पिनर ललित नारायण राजवंशी आज टोलीमा छैनन् । उनको स्थानमा नेपालले ब्याटिङ बलियो पार्न सन्दीप जोरालाई मौका दिएको छ ।
भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भए अन्तिम चारमा प्रवेश गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























