क्रिकेट

टि–१०ः बंगला टाइगर्सविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, टिम भने पराजित

Banner

चितवन, मंसिर १–

अबुधावीमा जारी टि–१० क्रिकेट अन्तरगत बंगला टाइगर्सविरुद्धको खेलमा नेपाली युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर उनको टिम कर्नाटाका टस्करर्स भने पराजित भएको छ । कर्नाटाकाले दिएको ११५ रनको लक्ष्य बंगला टाइगर्सले ७ बल बाँकी छदै पुरा ग¥यो । बंगला टाइगर्सको महत्वपूर्ण २ विकेट सन्दीपले लिएका थिए । तर अन्य बलर महंगो सावित हुँदा टिम पराजित हुन पुग्यो ।
सन्दीपले २ ओभरमा मात्र ९ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए ।

सन्दीपले टिमलाई पहिलो सफलता दिलाउने क्रममा आफ्नो पहिलो ओभरको दोस्रो बलमै विष्फोटक व्याटिङ गरिरहेका आन्द्रे फ्लेचरलाई आउट पारे । आन्द्रेले १५ बलमा ४० रन बनाए । पहिलो ओभरमा सन्दीपले १ विकेटका साथमा मात्र ५ रन दिएका थिए । आफ्नो दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन दिए भने महत्वपूर्ण अर्को एक विकेट लिए । सन्दीपको दोस्रो ओभरको पाँचौ बलमा रन आउट र छैठौं बलमा परेरालाई आउट पारे । आजको खेलसंगै सन्दीप ३ विकेटका साथ प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको टप ५ भित्र अटाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>