चितवन विशेष

हिन्दुराज्य घोषणा नभएसम्म आन्दोलन चल्छः विक्रम पाण्डे

Banner

चितवन, मंसिर १–

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का वरिष्ठ उपाध्यक्ष एवंम पूर्व मन्त्री विक्रम पाण्डेले नेपाललाई हिन्दु राज्य घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

जानकी–बुद्ध रथ यात्राको क्रममा आज भरतपुरको चौविसकोठीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले विदेशीको इशारामा ल्याईएको धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्न माग गरे । उनले नेपाली जनताले अहिलेसम्म पनि धर्मको बारेमा आन्दोलन नगरेको भन्दै कसरी एकाएक धर्मनिरपेक्षता राज्य घोषणा गरियो भन्दै प्रश्न गरे । उनले भने–‘लोकतन्त्रमा बहुमतको कदर हुन्छ भनिन्छ, नेपालमा बहुसंख्यक हिन्दुबादीहरु हुँदा पनि किन हिन्दु राज्य घोषणा हुन सकेन ।’

नेताहरुको प्राप्त आन्दोलनको उपलब्धि गुम्ने खतरा रहेको भन्ने भनाई प्रति व्यंग्य गर्दै पाण्डेले भने–‘ नेपाली जनताले के चाँही प्राप्त ग¥यो र भएको उपलब्धि गुम्ने खतरा हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>