चितवन विशेष

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर, उपाध्यक्षमा चितवनका सन्दीप

Banner

चितवन, मंसिर १–

नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्षमा सुरजवीर बज्राचार्य सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको तेस्रो महाधिवेशनले बज्रचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा चितवनका सन्दीप श्रेष्ठ चयन भएका छन् । यस्तै अन्य उपाध्यक्षहरुमा नृपेन्द्रलाल श्रेष्ठ र रचना श्रेष्ठ चयन भएका छन् । समितिको महासचिवमा सुनील महर्जन, सचिवमा केके मानन्धर, राजु नापित, प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा बाबुकाजी साछेँ श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरुमा नारायणी अनलाइनकर्मी निशा श्रेष्ठ, नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विगेन तुलाधर, विराजकाजी राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, व श्याम तण्डुकार तथा महिला सदस्यमा हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य र अनिता डंगोल निर्वाचित भएका छन् ।
यस्तै अधिवेशनले प्रदेश १ को संयोजकमा भोजराज श्रेष्ठ र प्रदेश ४ को संयोजकमा उत्तम श्रेष्ठलाई चयन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>