चितवन विशेष

जनसम्पर्क समिति बेल्जियम महामन्त्री भण्डारीलाई मातृशोक

Banner

चितवन, कात्तिक २७-

नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री एवम् चितवन सहायता समाज बेल्जियमका निवर्तमान अध्यक्ष दिनेश भण्डारीलाई मातृ शोक परेको छ ।
भण्डारीकी ममतामयी माता राधिकादेवी भण्डारीको ७६ वर्षको उमेरमा चितवनमा मंगलबार बिहान निधन भएको हो ।

नेपाली कांग्रेसमा आवद्ध भण्डारी दम रोगबाट ग्रसित थिइन् । उनको उपचारको क्रममा निधन भएको हो । उनको बुधबार देवघाटमा अन्त्यष्टी गरिएको छ । उनको शवमा नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइराला, पूर्वसभापति रामकृष्ण घिमिरे, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी र नेपाली कांग्रेस वडा सभापति सत्यमोहन अधिकारीले कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । प्रदेशसभा सदस्य विजय सुवेदीले अन्तिम श्रद्धाञ्जली दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>