सेलिब्रेटी

सर्वोच्चको फैसलासँगै नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

Banner

काठमाडौँ कात्तिक २६-

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले उनले दायर गरेको रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न बाटो खुलेको हो ।

छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पाले सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>