मकवानपुर

विप्लवका ब्युरो इञ्चार्जसहित २० जना नेकपामा प्रवेश

Banner

हेटौँडा, कात्तिक २५–

‘विप्लब’ नेतृत्वको समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>