पत्रपत्रीका बिशेष

कालापानी प्रकरणमा किन चुक्दैछ सरकारः हामीसँग यी छन् बलिया प्रमाण

Banner

काठमाडौं, कार्तिक २५–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेता खनालले गोरखापत्र संवादका लागि आइतबार भने, “लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन् । ” उनले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताए ।

नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताए । उनले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>