मकवानपुर

क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारी साधन कारवाहीमा

Banner

हेटौंडा, कात्तिक २३-

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ ।

आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ । तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःखदिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टाफिक प्रहरीले कारवाहीमार्फत करिब तीन लाख राजश्व सङ्कलन गरेको छ । कारबाहीमा परेका साधनमध्ये नौ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो । तिहारमा हेटौँडामा फरकफरक स्थानमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>