प्रवास

तीन महिनाअघि जापान गएका कास्कीका युवाको ट्रकको ठक्करबाट मृत्यु

Banner

कास्की, कात्तिक २३-

अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ। जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिए।

थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>