चितवन विशेष

भृकुटी बोर्डिङमा भोलिदेखि स्काउट क्याम्पोरी

Banner

चितवन, कात्तिक २१-

भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कुलको आयोजनामा भोलि शुक्रबारदेखि तीन दिनसम्म भृकुटी नमुना स्काउट क्याम्पोरी हुने भएको छ ।

नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो । कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवन सहित १४ जिल्लाका ८०० जना विद्यार्थी र २०० जना रोवर, रेन्जर र शिक्षक सहभागी हुने कार्यक्रम रहेको छ । क्याम्पोरीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

स्कुलका प्रिन्सिपल रामजी पाण्डेका अुसार क्याम्पोरीमा साहसी, मनोरञ्जनात्मक र बौद्धिक तालिमसहित विभिन्न गतिविधिहरु गराइने छ । युवालाई दुव्र्यसनबाट रोक्ने र रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यका साथ क्याम्पोरी गर्न लागिएको हो । ११ वर्षदेखि १६ वर्ष सम्मका विद्यार्थीलाई स्काउट भनिन्छ भने १६ वर्ष देखि २५ वर्ष सम्मका युवालाई रोवर र युवतीलाई रेन्जर भनिन्छ ।  स्कुलका सहायक पिन्सिपल होमनाथ न्यौपानेका अनुसार शुक्रबार फ्याग होस्टिङ् गर्ने कार्यक्रम रहेको छ भने शनिबार साँझ ५ बजे ग्रयाण्ड क्यामफायर सहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । न्यौपानेले गएको शैक्षिक सत्रमा एसईई परीक्षामा निकै राम्रो नतिजा पाएकै वर्ष भव्य कार्यक्रम गर्ने अवसर विद्यालयले प्राप्त गरेकोमा विद्यार्थीहरु उत्साहित भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>