चितवन विशेष

१० प्रतियोगी एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा प्रवेश

Banner

चितवन, कार्तिक २०–

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ अन्तरगत १० जना प्रतियोगी फाइनलमा प्रवेश गरेका छन् ।

आज (बुधबार) भरतपुरमा भएको चौथो चरणको प्रतिस्पर्धाबाट १० जना प्रतियोगी फाइनलमा स्थान बनाएका हुन् । फाइनल प्रवेश गर्नेहरुमा आर्या रेग्मी (स्काईराइडर स्कुल), आरती काफ्ले (अरोमा स्कुल), आशिष बन्जारा (एकता शिशु निकेतन), हिमाञ्चल पौडेल (सरस्वती निकेतन), स्वीकृति अर्याल (नेपाल मावि) रहेका छन् ।

यसैगरी कल्याणी पोखरेल (स्काईराइडर उच्च मावि), श्रेया सुवेदी (सनराइज इङलिस स्कुल), पुनम ओस्ती (स्काइराडर स्कुल), आयुष्मा पोखरेल (स्काइराईडर) र सौगात आचार्य (अरोमा कलेज) फाइनलमा स्थान बनाएको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए ।

बुधबार भएको चौथो चरणको प्रतिस्पर्धामा २० जनाबीच प्रतिस्पर्धा भएको थियो ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिताको फाइनल मंसिर २० गते हुँदैछ । यस एक महिनाको बीचमा फाइनल प्रतिस्र्धीहरुलाई विभिन्न सामाजिक कार्यहरुमा सक्रिय बनाइने प्रवन्धक आचार्यले जानकारी दिए ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>