चितवन विशेष

जेसीज राष्ट्रिय अध्यक्षका उम्मेदवार खनालको प्रचारप्रसार तीब्र

Banner

चितवन, कात्तिक १८-

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएर प्रचारप्रसारलाई तीब्र पारेका चितवनका युवा अरुणेश्वर खनालले आज नारायणगढमा आफ्नो उम्मेदवारी प्रवद्र्धन कार्यक्रम गरेका छन् । नारायणगढ जेसीज र नारायणगढ महिला जेसीजका पधाधिकारी, पूर्वअध्यक्ष र सदस्यसँग निर्वाचननमा आफूलाई सघाउन आग्रह गरे । नारायणगढ जेसीजको सचिवालयमा आयोजित कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठ, नारायणगढ महिला जेसीजका अध्यक्ष निरु कार्कीलगायत दुबै शाखाका पूर्वअध्यक्षहरुले खनाललाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोश मजाकोटीले आफ्नो शाखाको तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार खनाल राष्ट्रि अध्यक्षमा जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा नारायणगढ जेसीजका पूर्वअध्यक्षहरु सेबन पन्त,सुदिपसिँह अधिकारी,विष्णु लम्साल , नेपाल जेसीजकी पूर्वकानुनी सल्लाहकार मनशा थैब श्रेष्ठ , नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीलगायतले खनाललाई शुभकामना दिँदै आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । सो कार्यक्रममा बीसहजार जेसीजका सस्थापक अध्यक्ष बाबुराम कँडेल, पूर्वअध्यक्षहरु रमेश वस्ताकोटी ,जनकराज घिमिरेलगायत शाखाका पधाधिकारीहरुको सहभागिता थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>