चितवन विशेष
चितवन अटोमोबाइल्स एशोसिएसनको गोष्ठी पाल्पामा सम्पन्न

चितवन, कात्तिक १८-
चितवन अटोमोवाइल्स एशोसिएसनको दुई दिने कार्यशाला गोष्ठी पाल्पामा सम्पन्न भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष निरकुमार पियाको विशेष उपस्थिति रहेको गोष्ठीमा संस्थाका पूर्वअध्यक्षद्वय बालकृष्ण कँडेल र शिवराज गिरीले स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए । कार्यसमिति सदस्य नवराज डल्लाकोटीको साथै पूर्वअध्यक्ष पुष्पलाल श्रेष्ठ, महशुर पिया, भिमलाल न्यूरेले आ–आफ्नो धारण राखेका थिए । गोष्ठीमा ६४ जनाको उत्साहजनक उपस्थितिमा रहेको थियो । सो कार्यक्रममा सामूहिक लगानीको विषयमा वृहत्रुपमा छलफल गर्दै २ वर्षे कार्ययोजनाको मुलभूत विषयको खाका तयार पारिएको थियो ।
आन्तरिक पर्यटकको पवद्र्धन गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सम्पन्न पारौं भन्ने नाराका साथ नेपालको ताजमहलले परिचित रानी महलको पनि चितवनका अटो व्यवसायीहरुले अवलोकन गरेका थिए । जितबहादुर सेढाईको संयोजकत्वमा भएको कार्यक्रम अमृत जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























