चितवन विशेष

काँग्रेस बलियो शक्ति बन्छः नेतृ कोइराला

Banner

चितवन, कार्तिक १७–

नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले काँग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छिन् । उनले काँग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गरिन् । उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काँग्रेस एक ठाउँमा हुने गरेको बताए ।

नेतृ कोइरालाले काँग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने दाबी गरिन् । निर्वाचनपछि काँग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, ‘जुन अवस्थामा काँग्रेस थियो, त्यही अवस्थामा काँग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।’

यसैबीच नेतृ कोइरालले आइतबार नै नारायणगढमा आयोजित एक कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन चितवनको कार्यालय समुद्घाटन गरिन् । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी पाठक, पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>