Uncategorized
तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ओली ग्राण्डीमा
०

काठमाडौँ कात्तिक १७–
तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ ।
बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ । ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै सचिवालय बैठक बस्नेछ ।’ प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























