क्रिकेट
एमसीसीसंगको सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा (नामसहित)

काठमाडौं, कार्तिक १४–
मेरीलिवोन क्रिकेट क्लव (एमसीसी)संग सिरिजका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सिरिजका लागि क्यानले तिन वटै विधाको फरक फरक टोली घोषणा गरेको हो । क्यानले टि–२०, ५० ओभरको र प्रथम श्रेणीको छुट्टाछुट्टै टिम घोषणा गरेको हो ।
टि–२० टोलीमा विष्फोटक व्याट्सम्यान अमित श्रेष्ठले स्थान बनाएका छन् । यस्तै पहिलोपटक नन्दन यादवले पनि टि–२० टोलीमा स्थान बनाउन सफल भएका छन् । यस्तै पूर्व कप्तान पारस खड्का टि २० बाट बाहिरिएका छन् ।
१५ सदस्यीय टि–२० टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, अमित श्रेष्ठ, अभिनाष बोहरा, विनोद भण्डारी, करन केसी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, नन्दन यादव, पवन सराफ, सन्दीप जोरा, सन्दिप लामिछाने, सोमपाल कामी, सुसन भारी रहेका छन् ।
यस्तै ५० ओभरको सिरिजका लागि घोषित टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, वसन्त रेग्मी, विक्रम सोब, विनोद भण्डारी, इशान पाण्डे, करन केसी, ललित नारायण राजवंशी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी र शरद भेषवाकर रहेका छन् ।
प्रथम श्रेणीको सिरिजका लागि घोषित टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, वसन्त रेग्मी, विनोद भण्डारी, जितेन्द्र मुखिया, करन केसी, ललित नारायण राजवंशी, पवन सराफ, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् ।
























