मकवानपुर

प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण

Banner

हेटौंडा, कात्तिक १४-

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा २०१९२० बमोजिम उनले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए । ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>