चितवन विशेष

चितवनमा उपनिर्वाचनको तयारी तीव्र

Banner

चितवन, कार्तिक १४–

आउँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि चितवनमा तयारी तीव्र पारिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनको सबै तयारी तीव्र पारेको हो । उपनिर्वाचनलाई शान्तिपूर्ण र छिटो सम्पन्न गर्न १३५ जना कर्मचारीलाई खटाउने तयारी गरिएको छ । ७५ जना कर्मचारी जिल्ला तहबाट र बाँकी स्थानीयस्तरबाट कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सुरक्षाकर्मी बाहेक ती कर्मचारी खटाउन लागिएको बताए ।

उपनिर्वाचन हुने तीन वटा वडाका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेद्वार तय गरि सकेको छ ।

नेकपाले भरतपुर–१६ मा भक्तराज हमाल, खैरहनी–४ मा वेदबहादुर अधिकारी र खैरहनी–५ मा पुननारायण प्रधानलाई उम्मेद्वार बनाएको छ । यस्तै नेपाली काँग्रेसले भरतपुर–१६ मा अमृत हमाल, खैरहनी–४ मा देवबहादुर बस्नेत र खैरहनी–५ मा प्रतिमा कार्की बस्नेतलाई उम्मेद्वार बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>