चितवन विशेष

सौराहा प्रवेशद्धारमा ‘रोटरी घण्टाघर’ बन्ने, माघ भित्रमा निर्माण हुने

Banner

चितवन, कार्तिक १३–

चितवनको पर्यटकीय क्षेत्र सौराहा प्रवेशद्धारमा ‘रोटरी घण्टाघर’ बन्ने भएको छ ।

सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको रोटरी क्लव अफ रत्ननगरले ‘घण्टाघर’ निर्माण गर्न लागेको हो । आज (बुधबार) एक कार्यक्रमकाबीच सौराहा प्रवेशद्धार रत्ननगर–७ सिसुवार चोकमा ‘रोटरी घण्टाघर’को शिलन्यास समेत गरिएको हो । घण्टाघरको रोटरीका डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले शिलन्यास गरे ।

रोटरीले २५ लाख रुपैयाँको लागतमा ‘घण्टाघर’ निर्माण गर्न लागेको हो । सो घण्टाघर जमिनदेखी ४० फिट उचाइको हुने क्लवका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । सो घण्टाघर माघ मसान्त भित्रमा निर्माण सम्पन्न गरी वडालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घण्टाघरलाई नमुनाको रुपमा निर्माण गरिने छ । चितवनमा घण्टाघर निर्माण हुन लागेको यो पहिलोपटक हो ।

रोटरी क्लव अफ रत्ननगरले यसअघि टिकौलीमा सार्वजनिक शौचालय पनि निर्माण गरेको छ । औपचारिक कार्यक्रम क्लवका अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>