समाज

सुधार केन्द्रमा बस्दै आएका युवक देवघाट स्थित नदि किनारमा मृत भेटिए

Banner

तनहुँ,कात्तिक १२ –

तनहुँको व्यास नगरपालिका–१, रतौलीटारमा रहेको सुधार केन्द्रमा बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।बन्दीपुर गाउँपालिका–१, डुम्रे घर भइ लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै आएका २२ वर्षीय नवीन गुरुङ देवघाट गाउँपालिका–३, साराङघाटमा सेती नदीको किनारमा मृत फेला परेका हुन् ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक एवं लीलाराज लामिछानेले जानकारी दिनुभयो । गुरुङ विगत दुई महिनादेखि लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउने काम गर्दै आइरहेको फाउण्डेशन सुधार केन्द्रमा बस्दै आएका थिए ।

कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो ।‘त्यहाँबाट भागेका सबैको घरमा सोधपुछ गरेका थियौँ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘सबै जना घर पुगे पनि गुरुङ भने सम्पर्कविहीन भएका थिए’, प्रनाउ लामिछानेका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>