चितवन विशेष

रास्वपाका प्रवक्ता झाद्वारा महाधिवेशनस्थलको निरीक्षण

Banner

भरतपुर (चितवन), असार ५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशनस्थलको निरीक्षण गर्नुभएको छ । भरतपुर–१० स्थित गेष्टहाउस चौरमा निर्माण भइरहेको स्थलको उहाँले आज निरीक्षण गर्नुभएको हो । सो अवसरमा उहाँले तयारी अन्तिम चरणमा पुगेको भन्दै केन्द्रीय नेता र प्रतिनिधिहरू आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।

उहाँले चितवन रास्वपाको उद्गमस्थल भएको भन्दै पार्टीले राजनीतिको आधारस्तम्भका रूपमा लिएको बताउनुभयो । “चितवन आएपछि मन घण्टीमय र उल्लासयम हुन्छ”, उहाँले भन्नुभयो, “रास्वपाको राजधानी नै चितवन हो ।” उहाँले चितवन हरेक सम्भावनाले भरिपूर्ण जिल्ला भएको भन्दै अर्थतन्त्र, पर्यटन र संस्कृतिको धनी जिल्ला भएको उल्लेख गर्नुभयो । देशभरबाट आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि तयारी अवस्था रहेको जानकारी दिनुभयो । प्रवक्ता झाले उद्घाटनसत्रमा १० हजार बढीको सहभागिता रहने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>