समाज

सुत्केरीको हेलिकप्टरमा उद्धार

Banner

बैतडी,कात्तिक १२-

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी आज बाँकेको कोहलपुर मेडिकल कलेज पु¥याइएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माउनुभएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उहाँलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । “अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उहाँले भन्नुभयो । सुत्केरीको साथमा रहनुभएका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>