समाज

पूर्व राजाद्वारा बहिनी शोभाराज्यलक्ष्मीबाट १०ः५१ मै भाइटीका ग्रहण

Banner

काठमाण्डौ,कात्तिक १२-

पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उहाँले त्यसअघि नै टीका लगाउनु भएको थियो । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताउनुभयो । उहाँदे भन्नुभयो, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उहाँले संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो, ‘कुनै पनि परिवर्तन हुँदा दुइटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>