अन्तर्राष्ट्रिय

काठमाडौं-बेइजिङ सीधा उडान सुरु

Banner

काठमाडौं कात्तिक १०

हिमालय एयरलाइन्सले चीनको बेइजिङमा आजबाट उडान थालेको छ।नेपाल वायु सेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज आज बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडेको हो।

एयरलाइन्सका अनुसार ६० यात्रु लिएर जहाज बेइजिङ उडेको हो।नेपालमा दर्ता भएको कम्पनीबाट बेइजिङका लागि सीधा हवाई उडान भएको यो नै पहिलो हो।

पर्यटनमन्त्री योगेश भट्टराईले ट्वीट गर्दै काठमाडौं–बेइजिङ सीधा उडानले चिनियाँ पर्यटकलाई नेपाल आगमनमा सहज हुने उल्लेख गरेका छन्। साथै नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>