समाज

अब खाना पकाउने ग्यास पनि पाइपलाइनबाट आउने,निर्माण कार्यको शिलान्यास

Banner

बारा,कात्तिक ९-

वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शनिबार भारतबाट खाना पकाउने एलपी ग्यास ल्याउने पापलाइन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो । बाराको अमलेखगञ्जसम्म इन्धन ल्याउन सफल भएको नेपाल आयल निगमले अब खाना पकाउने एलपी ग्यास पनि पाइपलाइन मार्फत नै ल्याउने भएको हो । अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालय अगाडि पिलर गाडेर मन्त्री यादवले एलपी ग्यास तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म इन्धन र खाना पकाउने ग्यास पाइपलाइन मार्फत लैजाने कार्यको शिलान्यास गर्नु भएको हो।

सर्भे कार्य सकेर पाइपलाइन ओछयाउने बाटोमा शनिबारदेखि स्तम्भ गाड्ने कार्यको सुरुवात भएको अमलेखगञ्ज प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले बताउनु भयो। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाँच अर्ब ६७ करोडको लागतमा पाइपलाइन निर्माणको कार्य सम्पन्न हुने निगमले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>