नवलपरासी
बर्दघाट सवस्टेशनमा आगलागी पछि ठप्प विद्यूत आपुर्ति सुचारु

बिकास अधिकारी,
परासी कात्तिक ९-
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको १३२ र ११ केभी सबस्टेसनको नियन्त्रण कक्षमा आगलागी भएपछि ठप्प विद्युत आपुर्ति हिजो अबेर देखि सुचारु भएको छ । परासी सवस्टेशन र गण्डक पावर हाउसबाट विद्युत आयात गरेर वैकल्पिक व्यवस्था गरि विद्यूत आपुर्ती सुचारु गरिएको प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जग्गनाथ झाले जानकारी दिनुभयो । बिहिवार रातिदेखि बन्द भएको विद्युत आपुर्ति गएराति देखि सुचारु भएको हो । बर्दघाट बजार क्षेत्रलाई गण्डक पावर हाउस बाट विद्यूत जडान गरि बैकल्पिक व्यवस्था गरिएको छ भने बर्दघाट पश्चिमको क्षेत्रलाई परासी सव स्टेशनबाट विद्युत वितरण गरिएको छ ।
बाँकि केहि भागमा भने अझै पनि विद्युत आपुर्ति हुन बाँकि छ त्यो काम पनि आज बिहान साढे १० बजे सम्म सकि सक्ने झाले जानकारी दिनुभयो । कन्ट्रोल रुपका मुख्य उपकरणमा आगालागी बाट क्षति पुगेपछि बैकल्पिक व्यवस्था गरेर विद्युत सुचारु गरिएको हो । हिजो साझ अबेर सम्म जलेका उपकरणको मर्मत गरि जडान गर्ने क्रममा पुन सर्टभएपछि मर्मत कार्य स्थगित भएको छ । आज पुनः प्राधिकरण काठमान्डौ बाट खटिएको टोलीले थप मर्मत गरी बर्दघाट सव स्टेशनबाटै विद्युत आपुर्ति गर्ने प्रयास भैरहेको छ ।
कन्ट्रोल रुपमा विद्युत् पस्ने दुइटा ‘इन्कमर’ र त्यहाँबाट बहिर निस्कने दुइटा ‘आउट गोइङ’ फिडर आगलागी बाट पुर्ण रुपमा काम नलाग्ने भएको छ । मुख्य प्रशारण लाईनका उपकरणमै आगालागी बाट क्षति पुगेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले तत्कालै प्राधिकरणको ग्रिड विकास विभागको निर्देशक सहितको टोली निरिक्षणको लागी पठाउनुभएको थियो । बर्दघाट सव स्टेशनबाट २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति हुदै आएको छ ।
























