चितवन विशेष

नारायणी महोत्सवको तयारी तीव

Banner

चितवन, कार्तिक ८–

नारायणगढको नारायणी नदी किनारमा आगामी कात्तिक १५ गतेदेखि हुन लागेको नारायणी महोत्सवको तयारी तीव्र पारिएको छ । भरतपुरमा–२ क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले आयोजना गरेको सो महोत्सवबाट भएको आम्दानी अपाङ्गता भएका बालबालिकाहरुका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुने महोत्सवका लागि प्रदर्शनी कक्ष (स्टल) निर्माणको काम धमाधम भइरहेको व्यवस्थापक रोशन राजकर्णिकारले बताए । प्रदर्शनी कक्ष निर्माण भएपछि सीसी क्यामेराहरु जडान गर्नेगरि काम अगाडि बढिरहेको राजकर्णिकारको भनाइ छ ।

करिब तीन सय वटा व्यवसायिक स्टलहरु निर्माण भइरहेका छन् । महोत्सवलाई थप आकर्षण बनाउनका लागि बद्री पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आलो, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए । एक करोड रुपैयाँ आम्दानी गर्ने उद्धेश्यसहित सञ्चालन गर्ने लागिएको महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुने रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् ।

महोत्सवका लागि स्टल निर्माणसँगै स्टलहरु बुकिङ खुला गरिएको समेत थापाको भनाइ छ । रेविका बाल प्रतिष्ठानमा शारीरिक रुपमा अशक्त भएका २५ जना बालबालिकाहरु राखिएको छ । महोत्सवबाट भएको बचतलाई ती बालबालिकाहरुको शिक्षा, दीक्षा तथा औषधिउपचारमा खर्च गरिने थापाले बताइन् । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् ।

रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>