राजनीति
एनआरएनए निर्वाचनः कुलप्रसाद आचार्यको अग्रता
०

काठमाडौं,कात्तिक १-
गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ । बिहीबार रातिदेखि सुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिनुभयो ।
यी क्षेत्रका १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको उहाँले जानकारी दिनुभयो । ९ बजेसम्ममा मतगणना सकिने उहाँले बताउनुभयो । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
फेरि, बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । सँघको नयाँ अध्यक्षमा कुमार पन्त र कुलप्रसाद आचार्य उम्मेद्वार हुनुहुन्छ ।स्रोतः उज्यालो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>